काठमाडौँ, २७ साउन । आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व वकर इद । सो वसरमा प्रदेश नम्बर ५ सरकारले आज विदा दिएको छ ।
इस्लाम धर्मालम्बीहरुले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।
बकर इद (इदुल जोहा) का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।