काठमाडौँ, १९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि अनलाइन उजुरी सशक्त माध्यम बन्न थालेको छ ।
सुरुमा एक÷दुईवटा मात्रै उजुरी पर्ने अख्तियारमा पछिल्ला वर्षहरूमा भने ‘इमेल’ वा आयोगको अनलाइन शीर्षकमार्फत उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रविधि प्रयोग गर्नेको सङ्ख्या बढेसँगै आयोगमा इमेलमार्फत उजुरी आउने सङ्ख्या पनि बढेको जानकारी दिए आजको गोरखापत्रमा खबर छ । गत वर्ष मात्रै आयोगमा करिब २४ हजार अख्तियार दुरुपयोगसम्बन्धी उजुरी परेका थिए ।