विराटनगर, १४ साउन । प्रदेश १ मा दुई वर्षमा ४४ जना घूससहित पक्राउ परेका छन् । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा घूससहित रंगेहात पक्राउ गर्न अख्तियारले १८ ओटा स्टिङ अप्रेसन गरेकोमा २४ जना रंगेहात पक्राउ परेका थिए ।
आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४र ०७५ मा १६ ओटा स्टिङ अप्रेसन गरेकोमा २० जना घूससहित रंगेहात पक्राउ परेका थिए । जुन अघिल्लो आर्थिक वर्षभन्दा चार जना बढी हो अभियानमा खबर छ। इटहरीस्थित आयोगमा विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा १ हजार ७८६ ओटा प्राप्त उजुरीहरूमध्ये प्रारम्भिक छानबिनबाट ९२१ ओटा फछ्र्यौट भएका छन् । जसमा ८६५ ओटा जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको आयोगले बताएको छ ।
अघिल्लो आर्थिक वर्षबाट ५६० ओटा जिम्मेवारी सरेर र गत आर्थिक वर्षमा १ हजार २२६ ओटा प्रारम्भिक उजुरी आयोगमा आएको थियो । विस्तृततर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ६३ र गत आवमा ४७ ओटा नयाँ गरी ०७५र ७६ मा ११० ओटा उजुरी इटहरीस्थित आयोगको कार्यालयमा दर्ता भएको अभिलेखमा देखिन्छ ।