Indrenionline.com

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले गरे घरको छतबाट हाम फारेर आत्महत्या

काठमाडौं, १३ साउन । बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्नमध्ये मालपोत कार्यालयका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आइतबार बालाजुको माछापोखरीस्थित हिमालयन सिटी सेन्टरको सातौं तलबाट हामफालेर उनले आत्महत्या गरेका हुन् ।

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी बालनरसिंह राणाले अहिलेसम्मको अनुसन्धानबाट श्रेष्ठले आत्महत्या नै गरेको देखिएको बताए । ‘घटनालगत्तै हामी पुग्यौं । घाइतेलाई उपचारका लागि नजिकै रहेको अस्पताल लग्यौं । अस्पतालले उनको मृत्यु भएको पुष्टि गर्यो । घटनास्थलको चेकजाँच गर्दा र अहिलेसम्मको अनुसन्धानका आधारमा आत्महत्या नै भएको देखिएको छ,’ उनले भने ।

सपिङ सेन्टरको सातौँ तलमा एक्लै
प्रहरीका अनुसार श्रेष्ठ एक्लै सपिङ सेन्टरको सातौ तला पुगेका थिए । सेल्फी खेच्न मोबाइल झिके । सेल्फी खिचेको अभिनय गर्दै उनी हामफालेको प्रहरीको भनाइ छ ।

‘घटना स्थलमा पुगेर बुझ्दा उनी सेल्फी खिच्न माथि चढे जस्तो देखियो । प्रत्यक्षदर्शीले पनि सेल्फी खिचेझैं देखिएको बताए । तर, सेल्फी खिच्ने क्रममा उनी लडेको होइन । कम्मरसम्म आउने बार छ । त्यहाँबाट झुक्किएर लड्ने कुरो आउँदैन । त्यसैले हामफालेको जस्तो देखिन्छ,’ डिएसपी राणाले भने । नयाँ पत्रिकाबाट