Indrenionline.com

विद्यालय भवनबाट प्रहरी कार्यालय सञ्चालन

सल्यान, ११ साउन । सल्यानको एक इलाका प्रहरी कार्यालय विद्यालयको भवनबाट सञ्चालन भइरहेको छ । जिल्लाको दार्मा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय १ वर्षदेखि जनज्योति माध्यमिक विद्यालयको भवनमा सञ्चालन हुँदै आएको हो ।

photo fine

विगतमा भाडामा बसेको प्रहरी कार्यालयको भवन जीर्ण बनेपछि विद्यालयमा सरेको थियो । इलाका प्रहरी कार्यालयको आप्mनै भवन नभएको र भाडामा लिएको भवन पनि जीर्ण बनेपछि विद्यालयको भवनमा बस्न बाध्य भएको इलाका प्रहरी कार्यालय, दार्माका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अहिले इलाका प्रहरी कार्यालय विद्यालयको सातकोठे भवनमा सञ्चालन हुँदै आएको छ ।

‘भाडामा लिएको भवन जीर्ण हुँदा वर्षायामको समयमा छानाबाट पानी चुहिने, सर्पको खतरा र गर्मीमा जस्तापाता तातेर बस्न समस्या हुने गरेको थियो,’ सिंहले भने, ‘अहिले विद्यालयको भवनबाट सेवा प्रवाह गरिरहेका छौं ।’