धनगढी, १० साउन । कैलाली प्रहरीले जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ। कैलालीका गोदावरी नगरपालीकाको अत्तरियामा रहेको खप्तड होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले होटलमा खान तलासी गर्दा ३ गड्डी तास र २ लाख ३१ हजार ८ सय ३० रुपैयाँ नगद पनि वरामद गरेको छ ।
दुई लाखससहित जुवाको खालबाट नौ जना पक्राउ
