Indrenionline.com

थरुहट संघर्ष समितिद्धारा थप आन्दोलनको घोषणा

काठमाण्डौ, २३ असार
आफ्ना माग सम्बोधनका लागि सरकार गंभिर नभएको भन्दै थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनीक गर्दैछ ।एक महिने अल्टिमेटम दिदै सो समितिले गत जेठ २३ गते सरकारलाई ७ बुँदे सर्त र १३ बुँदे माग अघि सारेको थियो ।

एक महिनासम्म पनि माग सम्बोधनका लागि सरकार गंभिर नबनेको भन्दै संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम ल्याउन लागेको हो ।

केन्द्रीय आन्दोलन परिचालन समितिले वैठकले बिगतको समीक्षा गर्दै आन्दोलनका थप कार्यक्रम सार्वजनीक गर्ने समितिमा आवद्ध बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोर बिश्वासले जानकारी दिनुभयो ।

वार्ता टोली नै गठन गर्दा समेत सरकारबाट कुनै पहल नभएकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको बिश्वासको भनाई छ । यस्तै संयुक्त संघर्ष समितिले आज मध्यान्न १२ बजेदेखि एक घण्टा राजधानीको नयाँ बानेश्वरमा लाल्टिन जुलुस तथा धर्ना दिएको छ ।।