गुल्मी, ७ साउन । गएराति गुल्मीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुई जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाका तीन घर पहिरोले पुरिँदा ११ जनाको मृत्यु भएको हो ।
पहिरोमा परेर मृत्यु हुनेहरूमा ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीइ शिवानी बिकको शव बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो । पहिरोका कारण दुई सय घर जोखिममा छन् ।