काठमाडौं, ६ साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गरेका छन् ।
पहिरो गएको ठाउँ, घरहरु र बारीको स्थलगत अवलोकनपछि सभामुख महराले तत्कालका लागि राहत र अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने र दीर्घकालीन रुपमा मसिने गाउँको पुनर्निर्माण वा बस्ती पुनःस्र्थापनातर्फ सोच्नुपर्ने बताए ।
‘मसिने बस्ती पहिरोको ठूलो जोखिममा रहेछ, यहाँ राहत वा सहयोगले तत्कालको लागि त होला, सभामुख महराले भने, ‘तर, दीर्घकालीन रुपमा यो बस्ती बसोबासका लागि जोखिमपूर्ण रहेछ, राज्य तहबाटै बैकल्पिक बासस्थानका लागि पहल गर्नुपर्ने देखिन्छ ।’