Indrenionline.com

तटबन्ध भत्काउदै खेतीयोग्य जमिन कटान

टीकापुर, ३० असार । टीकापुर नगरपालिकाको वडा नं. ५ शाहीपुर स्थित कर्णाली नदीमा गरिएको तटबन्ध पानीको सतह बढेपछि भत्किन थालेको छ । लगातार तीन दिनदेखि कर्णालीमा पानीको सतह बढेपछि तटबन्ध भत्किदै तीब्ररुपमा नदी कटान हुन थालेको हो ।

शाहीपुरमा नदीले रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेकोे ११ मिटर चौडाईको तटबन्ध मध्ये करिव ३० मिटर लम्बाई २ मिटर चौडाई तटबन्ध भत्काएर कटान गर्दै गएको वडा अध्यक्ष राम शंकर डगौराले बताए ।

उनले शुक्रबार रातिदेखि नदीले तटबन्ध भत्काउन सुरु गर्दै अहिले कटान तीव्र हँुदै जाँदा डुबानको समस्या निम्तने बताए । शाहीपुरका कन्हैयालाल चौधरीले तटबन्ध कटान भए नदीको डुबानबाट टीकापुर नगरपालिकाको ५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ का नारायणपुरका केही भाग, वडा नम्बर ७ सत्ती, वडा नम्बर ८ धनसिंहपुरका सयौं घर डुबान भई प्रभावित हुने बताए ।

वर्षेनी नदी कटान हुने भएकाले यस वर्ष गत जेठ मसान्तदेखि सुरु भएको तटबान्धको काम सम्पन्न नभएकोले कटान गरेको वडा अध्यक्षको भनाई छ । उनले तटबन्ध पुरा भएको ठाँउमा केहि नभएको तर ग्याप राखेर तटबन्ध भएकोे ठाँउमा नदी कटानले तीव्रता दिएको बताए । काममा ढिलासुस्ती भएको तथा ठेकेदार नै काम छोडेर भागेकोले समस्या भएको उनले बताए । उक्त तटबन्धका काम डीएनएस कन्ट्रक्सनले गरिरहेको छ । नयाँ पत्रिकाबाट