काठमाडौँ, २४ असार । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । मातहतका कार्यालयको सिफारिसमा आइतबार सार्वजनिक खरिद ऐनबमोजिम तीनवटालाई एक वर्ष र दुइटालाई दुई वर्ष वर्षका लागि कालोसूचीमा राखिएको हो ।
द कञ्चनजंघारलामाविल्डर्स जेभी बौद्धलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, डिभिजन सडक चरिकोटले उक्त कम्पनीलाई काम नगरेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कार्यालयले थोदुङगरअजम्बररशिवराम जेभी, अनामनगरलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, इलामले काम गर्न नसकेको भन्दै गरेको सिफारिसका आधारमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।