काठमाडौं, २४ सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरेको तीन महिना नाघिसक्दा पनि स्वास्थ्यतर्फ ठूलो संख्याका कर्मचारीको समायोजन नै भएको छैन ।
मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ समायोजन हुनुपर्ने कर्मचारीको संख्या २७ हजार पाँच सय छ नयाँ पत्रिकामा खबर छ। मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हालसम्म ११औँ तहको समायोजन सकिएर मेडिकल एसिस्टेन्ट, बायोमेडिकल इक्विपमेन्ट एसिस्टेन्टलगायत केही पदको समायोजन सुरु भएको बताए ।
अहेव र अनमी पदका मात्रै २१ हजार कर्मचारी समायोजन नभएको उनले बताए । संघीय मामिला मन्त्रालयका कारण समायोजनमा ढिलाइ भएको प्रवक्ता श्रेष्ठको आरोप छ ।