सिन्धुली, २२ असार। नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) मा सांधातिक आक्रमन भएको छ । शनिबार राती विनावर्दीका प्रहरीले उनीमाथि कुटपीट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षिय विकास सिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन् ।
अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राती नै काठमान्डौ रिफर गरिएको छ ।