काठमाडौँ, १० असार । सबैजसो स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आज मङ्गलबार आआफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् ।
गत शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय सरकारलाई परिपत्र गरी असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेस गर्न आग्रह गरिसकेको छ ।