Indrenionline.com

कर्णालीमा जीप खस्यो, सबै यात्रुको अवस्था अज्ञात

हुम्ला, ३ असार। हुम्लाको खार्पुनाथ गाउँपालिका कैलावालु भन्ने स्थानबाट यात्रवहाक जीप कर्णाली नदीमा खसेको छ ।

खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जीपमा दशभन्दा वढी यात्रु रहेको अनुमान गरिएको छ । यात्रस सवै नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ । सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरमार्फत् घटनास्थल पुगेको र जिप फेला री नसकेको बताइएको छ ।