गोरखा, २६ जेठ । काँग्रेसको उर्बर भूमि मानिएको गोरखा बुंकोटमा काँग्रेस र समाजवादी पार्टीका २४३ जना नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । गोरखामा नेपाल तरुणदलका क्षेत्रिय सचिव भरत प्रसाद रेग्मी सहितको टोली नेकपमा प्रवेश गरेको हो ।
कार्यक्रममा दुवै पार्टीका गरि सहिद लखन गाउँपालिका–७ का ११४ जना र वडा नम्बर ८ का ११५ र गोरखा नगरपालिकाका ४ जना काग्रेस र समाजबादी पार्र्टी छोडेर नेकपा प्रवेश गरेकोे नेकपा सहिद लखन गाउँपालिका सचिव ध्रुव खनालले जानकारी दिए ।
पार्टी प्रबेश गर्नेहरुमा नेपाली काग्रेस तरुणदलका क्षेत्रिय सचिव रेग्मी सहित क्षेत्रिय सदस्य भक्त ढकाल, काग्रेस निकट होचा पुड्का संघका केन्द्रिय अध्यक्ष निर्मल मगराती रहेका छन् ।
त्यस्तै पार्टी प्रबेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा नेपाली काग्रेस सहिद लखन गाउँपालिका–७ का वडा कमिटि सदस्य ओम बहादुर थापा, वडा नम्बर ८ का वडा पार्टी कमिटि सदस्य बिष्णु आले, तत्कालिन नयाँ शक्ति पार्टी वडा नम्बर ७ का वडा कमिटि सदस्य डिल बहादुर श्रेष्ठ, बिदेश बिभाग अन्र्तगत मकाउका संयोजक अमृत श्रेष्ठ रहेका छन् । नेकपाका केन्द्रिय सदस्य राम शरण बस्नेतले माला र खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराएका थिए ।
देशमा अब आर्थिक क्रान्तिको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र गर्न सक्ने भन्दै काग्रेस पार्टीमा रहनुको कुनै औचित्य नभएकाले नेपाली काग्रेस परित्याग गरेको तरुण दलका क्षेत्रिय सचिव भरत प्रसाद रेग्मीले बताए ।
सम्बृद्ध नेपाल, सुखी नेपालीको नारा सुन्दर छ यो नारालाई पुरा गर्न सके काग्रेस पार्टीमा बसेर सम्भव हुदैन त्यसैले ठूलो समुहमा यहाँका युवा नेता कार्यकर्ताले काग्रेस पार्टी परित्याग गरेको हो । उनले काँग्रेसमा आफ्न्त, नातागोता बाहेक अरुले अबसर नपाउने र काँग्रेस पार्टीबाट देश बिकास सम्भावना नरहेको भन्दै अब नेपाल कम्युनिष्ट पार्टी नेतृत्वले मात्र नेपाली जनताको आर्थिक परिवर्तनको लक्ष्य पुरा गर्नसक्ने बताए ।
