Indrenionline.com

आज ‘इद उलफित्र’ सार्वजनिक विदा

काठमाडौँ, २२ जेठ । आज स्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इद उलफित्र’ । आज सरकारले सार्वजनिक विदा दिएको छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपतिद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको थियो ।
राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।