काठमाडौं, १६ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै निगमले मूल्य समायोजन गरेको हो ।
निगमले गएराति १० बजे मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो। निगमका उपनिर्देशक विनितमणि उपाध्यायकाअनुसार बुधबार राति देखि पेट्रोलको मूल्य प्रति लिटर १११ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९८ रुपैयाँ ५० पैसा मूल्य कायम भएको हो।