Indrenionline.com

प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन ओली राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिगण, सांसद, तीन वटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्री ओलीलाई बिदाइ गरेका थिए । ओली भालि शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।