Indrenionline.com

आजबाट नेपाल-चीन तातोपानी नाका खुला

सिन्धुपाल्चोक, १५ जेठ । भूकम्पबाट चार वर्षदेखि बन्द हँुदै आएको नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी नाका जेठ १५ गतेबाट खुल्ने भएको छ ।

दुई देश जोड्ने मितेरी पुल, बन्दरगाह पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै यो नाका खुल्न लागेको हो । नाका जोड्ने सडक पुनर्निर्माण सम्पन्न भएको छ आजको गोरखापत्रमा खबर छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले मितेरी पुल ध्वस्त पारेपछि तातोपानी नाका बन्द भएको थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य, मन्त्रालयका सचिव तथा वरिष्ठ अधिकारी तथा चीनको तर्फबाट ‘भाइस मिनिस्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना’ र ‘चेयरमेन अफ द तिब्बत अटोनमस रिजन’ लगायतको सहभागिता रहने छ ।