Indrenionline.com

आज गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाडौँ, १५ जेठ । आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन ।

आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो ।

गणतन्त्र घोषणा अर्थात् जनताले जितेको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको छ । गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी दशैभर मनाइदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना दिएकी छन् ।

सन्देशमा विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत् हुँदै जानु गौरवको विषय रहेको उनले बताइकी छन् ।