Indrenionline.com

विप्लव समूहले बनायो जनसेनाका चार कम्पनी

काठमाडौं, १३ जेठ । गृहमन्त्री रामबहादुर थापाले विप्लवले जनसरकारकारुपमा जनपरिषद् र जनसेनाकारुपमा चार कम्पनी गठन गरेको जनाएका छन् ।

संघीय सांसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले उनीहरूको मुख्य निशाना काठमाडौं उपत्यका रहेकोसमेत उनले बताए। विप्लव समूहसँग सरकारको साँटगाँट त छैन ? भन्ने सांसदहरुको प्रश्नमा जवाफ दिँदै उनले यो प्रश्न नाजायज रहेको बताए।

‘यी नाजायज प्रश्न हुन रु कतै यी प्रश्नहरुको चाँही उनीहरुसँग त सम्बन्ध छैन भनेर उल्ट्याएर हेर्न सकिन्छ’ उनले भने मलाई लाग्छ यी विषयहरु हैनन्’।

बैठकमा गृहमन्त्री थापाले आइतबारको विस्फोटमा मृत्यु भएका सामान्य नागरिक नभएको बताएका छन्। विस्फोटमा मृत्यु, घाइते भएका सबै जसो विप्लव समूहसँग सम्बद्ध रहेको भन्दै उनले गैरकानुनी काम गर्ने सर्वसाधारण नहुने बताए ।