हेटौंडा, १३ जेठ। मकवानपुरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकले हाइटेन्सन लाइनलाई छुदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
विद्युत सर्ट भएको करेन्ट लागेर सिन्धुलीको तीन पाटन ९ बस्ने चालक २८ वर्षको वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका ७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु भएको हो ।
घटनामा तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
