बाजुरा, ११ जेठ। बाजुरामा छाउपडी प्रथाविरुद्धको अभियानलाई सशक्त पारिएपनि अझै छाउगोठहरु कायमै छन् ।
महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् ।
साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् ।