Indrenionline.com

अदालतका कर्मचारी कार्यालयमै मृत्यु अवस्थामा

ओखलढुङ्गा, १० जेठ । ओखलढुङ्गा जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् ।

अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका थिए ।

अदालतका अनुसार रातिको समयमा ड्यिुटी गर्ने दाहाल दिउँसो सधैँजसो आवासगृहमा आराम गर्ने गरेका थिए । लामो समयदेखि मुटुको समस्या रहेका दाहालको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।