काठमाडौँ १० जेठ । भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका साथ विजयी भएको छ ।
यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विजयी भएकोमा वधाइ दिएका छन् । उनले टेलिफोन मार्फत मोदीलाई वधाइ दिएका हुन् । त्यस्तै नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालगायतले पनि वधाइ दिएका छन् ।
