Indrenionline.com

लोकसभा चुनावमा फेरि मोदीकै अग्रता

दिल्ली, ९ जेठ । भारतमा हालै भएको लोकसभा चुनावको परिणम आउने क्रम जारी छ । २०१९ को मतपरिणाम आइरहदा भाजपा ३०० भन्दा बढी सिटसहित फेरि सत्तामा जाने सम्भावना देखिएको छ ।

दिउसो साढे चार बजेसम्मको मतपरिणाम अनुसार, भाजपा देशभरबाट ३४२ भन्दा वढी सिटमा अग्रता कायम गरेको छ ।
कांग्रेसले अहिलेसम्मको मतगणना हेर्दा ९३ सिटमा अग्रता लिएको छ ।

अहिलेसम्मको परिणामले यसअघिको आफ्नो रेकर्ड तोड्दै भारतीय जनता पार्टी (भाजपा) दोस्रो पटक सत्तामा जाने देखिएको छ । आज बिहानदेखि सुरु मतगणना अनुसार ५४२ सिट मध्ये ३०० भन्दा बढी ल्याएर भाजपा एकलै बहुमतसहित सरकार बनाउने निश्चित देखिएको छ । एजेन्सी