Indrenionline.com

जथाभावी सुई लगाउदा बालकको मृत्यु

दाङ, ७ जेठ । दाङको एक मिडिकलले सुइ लगाउदा एक जना बालकको ज्यान गएको छ । गढवा १ जेठानगाउँस्थित यूनिक मेडिकलले सुइ लगाउँदा अर्घाखाँची सितगंगा नगरपालिका ८ का १८ महिने सुशान्त कुमालको ज्यान गएको हो ।

बालक कुमाल मामा घर आएको समयमा विरामी भएको र उपचारका लागि सो मेडिकलमा लिएपछि Cefantal o.25 gm, र  Dexona o.2 mg मिसाएर सुइ लगाएको र झन अवस्था गम्भीर भएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा लगेको वेला उनको मृत्यु भएको बताइएको छ । बालकको मृत्यु भएपछि मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।