काठमाडौं, २ जेठ । काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार साँझ करिब साढे सात बजे एसिड प्रहार हुँदा २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन् ।
युवतीको अनुहार, दुबै हात र छातीमा क्षति पुगेको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार उनीहरू श्रीमान श्रीमती हुन् ।
पुरूषले केही वर्ष अघि भगाएर ल्याएको र एक वर्ष देखी उनीहरूको सम्बन्ध राम्रो नभएकाले युवती छुट्टै बस्दै आएकी थिइन् नयाँ पत्रिकामा खबर छ। कालोपुलमा बस्दै आएकी युवतीलाई बाहिर बोलाएर साँझ एसिड प्रहार गरेको बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।