Indrenionline.com

आगलागीबाट ३१ लाखको क्षति

इन्द्रेणी संवाददाता
दाङ, २५ बैशाख । दाङमा आगलागीबाट ३१ लाख ५० हजारको क्षति भएको छ । घोराही उपमहानगरपालिका १ स्थित सल्लीबोट सामुदायिक बनमा आगोलागी हुँदा त्यस नजिकका विभिन्न व्यक्तिहरुको घर गोठ आगोले जलेर नष्ट भएका छन् ।

त्यहाँ स्थित चुमान सिंह बिष्टको फुसले छाएको १ घर, १ गोठ जली अनदाजी ६ लाख बराबरको क्षति एको छ । त्यस्तै गम बँगमालको फुसले छाएको २ वटा घर जली अन्दाजी ११ लाख ५० हजार बराबरको क्षति टुकमान गमालको जस्तापाताले छाएको १ वटा घर जली ७ लाख बराबरको क्षति र श्याम लाल बिष्टको फुसले छाएको २ घर, १ घोठ जलेर ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।