काठमाडौंँ, १५ वैशाख । पार्टी विरुद्ध कार्य गर्ने नेता कार्यकर्ताहरुलाई काग्रेसले निगरानीमा राख्ने भएको छ ।
काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिले प्रश्रय पाएको र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनेभन्दा पनि गुटलाई बलियो बनाउने होडबाजी चलेपछि अनुशासन समितिले शीर्ष नेतालाई पनि लगाम लगाउने तयारी गरेको छ ।