चितवन, ६ वैशाख । आजदेखि चितवनमा ३ नम्बर प्रदेशको लगानी सम्मेलन हुन लागेको छ । प्रदेश नं. ३ को विकास र समृद्धिमा निजी क्षेत्रलाई लगानीे आह्वान गर्न भरतपुरमा वैशाख ६ र ७ गते लगानी सम्मेलनको आयोजना गरिएको हो ।
यसका लागि आयोगले आधारपत्र प्रस्तुत गर्ने र आधारपत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रतिव्यक्ति आय चार लाख पाँच हजार पुग्ने लक्ष्य लिएको छ ।