दाङ, २९ चैत । दंगीशरण गाउँपालिका वडा नम्वर १ बाँकीबेटारपुरस्थित आधारभूत माध्यामिक बिद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा एकमा अंग्रेजी मिडियमा पठन पाठन गर्ने भएको छ ।
सामुदायिक बिद्यालयप्रती बढेको अबिश्वास हटाउन अंग्रेजी मिडियममा पठनपाठन गर्ने निर्णय गरिएको प्रधानाध्यापक डम्बर बस्नेतले जानकारी दिनुभयो । बैठकले विद्यालय व्यवस्थापन समिती,शिक्षक र जनप्रतिनिधीले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सोही बिद्यालयमा पढाउनुपर्ने निर्णय समेत गरेको छ ।
बैठकले आगामी बैशाख ३ गते अविभावक भेला गर्ने निर्णय समेत गरेको छ । बैठकमा वडाअध्यक्ष चौधरीले बिद्यालयमा पढ्ने सबै बिद्यार्थीलाई टाई र बेल्ड वडा कार्यालयले निःशुल्क प्रदान गर्ने जानकारी दिए ।