Indrenionline.com

अर्घाखाँची जीप दुर्घटना ३ को मृत्यु, १० जना घाइते

अर्घाखाँची, २५ चैत। अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको छ

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८ लाट्टेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु र १० जना घाइते भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

यसरी मृत्यु हुनेमा प्युठान जिल्ला अ‍ैरावती गाउँपालिका बस्ने मनिका आर्चायको सनाखत भएपनि अन्य दुई जनाको सनाखत भइसकेको छैन । घाइते १४ जनामध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।