Indrenionline.com

हावाहुरीले सर्लाहीमा एकको मृत्यु

काठमाडौ, २४ चैत। शनिबार साँझ आएको हावाहुरीका कारण सर्लाहीमा एक जनाको ज्यान गएको छ ।

हावाहुरीबाट रामपुर गाउँपालिका १ का ४५ वर्षीय पन्नीलाल सहनीको मृत्युु भएको हो ।

सहनीलाई जस्ताको छानो उडेर टाउको लागेको थियो । उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।