Indrenionline.com

नेकपा प्रवास कमिटीको एकता प्रस्ताव तयार

काठमाडौँ, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवास कमिटीको एकता प्रस्ताव तयार भएको छ । पार्टीका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलले सो प्रस्ताव तयार पारेको हो ।

विभिन्न ३६ वटा देशमा रहेका प्रवास कमिटीमध्ये २१ वटा देशका कमिटी सर्वसम्मतिले टुङ्गो लागिसकेका छन् भने १५ वटा देशका कमिटीमा सर्वसम्मति हुन सकेको छैन ।

सर्वसम्मति हुन नसकेका १५ वटा देशका प्रवास कमिटीलाई सचिवालयले टुङ्गो लगाउने गरी कार्यदलले प्रस्ताव तयार गरेको जानकारी कार्यदलका सदस्य युवराज चौलागाइले दिए ।

उनले सचिवालयलाई बुझाउने गरी आफूहरूले एकताको प्रस्ताव तयार गरिसकेको र चाहिएको बेलामा बझाउने बताए आजको गोरखापत्रमा खबर छ । तत्कालीन नेकपा ९एमाले० को प्रवासी नेपाली मञ्च र तत्कालीन नेकपा (माओवादी केन्द्र) को नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलले प्रस्ताव गरेको चौलागाईंले जानकारी गराएका थिए ।

एउटा दलले अध्यक्ष लिएपछि अर्को दलले सचिव लिने मापदण्ड अनुसार नै एकताको प्रक्रिया अघि बढेको नेकपाले बताएको छ । जसअनुसार तत्कालीन एमालेले २० र तत्कालीन माओवादी केन्द्रले १६ देशको प्रवास कमिटीमा भागबण्डा पाएको छ ।