Indrenionline.com

किसानलाई व्यावसायिक बाख्रापालन तालिम

सल्यान, १९ चैत । सल्यानको गाउँपालिकाले ८ वटै वडाका किसानहरुलाई व्यावसायिक बाख्रापालन तालिम शुरु गरेको छ । किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले तालिम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

आइतबार र सोमबार जागृति मिश्रीत बाख्रापालन किसान समूहलाई तालिम प्रदान गरेको गाउँपालिकाले मंगलबारबाट ६ वटै वडाका किसानलाई तालिम शुरु गरेको हो ।

तालिमको उद्घाटन गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेनले गरे । तालिमको उद्घाटन गर्दै अध्यक्ष सेनले आम्दानीको दरिलो श्रोत बाख्रापालन व्यवसाय भएको बताउदै अहिलेसम्म निर्वाहमुखी रहेको बाख्रा पालनलाई व्यवसायलाई अब व्यवसायिकरण गर्न आवश्यक रहेको बताए । तालिममा एक वडाबाट ५ जना गरेर ३० जना किसानहरुको सहभागिता रहेको छ ।