ओखलढुङ्गा, १७ चैत । ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
सोलुखुम्बुको जुनबँैसी गुम्बाबाट पूजापाठ गरेर काठमाडाँै फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस