Indrenionline.com

दाङको वस भारतमा दुर्घटना ५ जनाको मृत्यु

दाङ, १६ चैत । नमस्ते यातायात प्रा.लि. तुलसीपुरको बस भारतीय कारसँग ठोकिदा दुर्घटना भएको छ ।

घोराही–तुलसीपुर हुँदै भारतको दिल्ली जाँदै गरेको ना ६ ख ७११३ नम्बरको यात्रुवहाक बस शनिवार विहान पौने तीन बजेतिर भारतको उत्तरप्रदेशको पिलिभित भन्ने ठाउँमा दुर्घटना भएको हो ।

वस बिपरित दिशाबाट आएको कारसँग ठोकिएको बताइएको छ । वसमा ३६ जना सवार मध्ये ३ जना घाइते भएपनि अवस्था खतरामुक्त रहेको बताइएको छ । अन्य ३३ जनाको अवस्था सामान्य भएको र कारमा सवार ५ जनाको घटना स्थलमा ज्यान गएको छ ।