Indrenionline.com

मोहन वैद्य भन्छन्- सरकार फासीवादतर्फ गयो

बुटवल, १६ चैत । नेकपा क्रान्त्रिकारी माओवादीका नेता मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले  बुटवलमा गरेको प्रथम वैचारिक साँस्कृतिक कार्यक्रममा उनले भने, ‘फासीवाद सिङ र जुरो हालेर आउने हैन, सत्ता र शक्तिको दुरुपयोग हुनु फासीवाद हो ।’

नेता किरणले वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नसकिने बताए । उनले विप्लव नृत्वको नेकपाप्रति सरकारले लिएको नीतिको पनि विरोध गरेका थिए नयाँ पत्रिकामा खबर छ।

२८ सालको झापा आन्दोलनबाट माथि उठ्दै गएर सत्ताको नेतृत्व ओलीले गरेको तथा १० वर्षे जनयुद्धले सरकारमा प्रचण्डलाई पुर्याएको भन्दै किरणले उनीहरुले विप्लवलाई अपराधी समह भन्न नसुहाउने बताए ।