काठमाडौंँ, १६ चैत । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि शनिबार मतदान हुँदैछ ।
नेपाल बारको निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् । मतदान जिल्लाका शाखा शाखामा हुने गर्दछ ।