इन्द्रेणी संवाददाता
काठमाडौं,२२ असार । मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ओम अस्पतालमा राती नै भर्ना गरिएका नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा आज साँझ बाट स्वास्थ्यमा केहि सुधार आएकोछ। गए राति अस्पतालमा भर्ना गरिएका कोइरालाको स्वास्थ्य अवस्था बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो ।
यसअघि अस्पतालले अपरान्ह पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था थप गम्भीर रहेको बताएको थियो । तर अचेत तथा अस्थिर अबस्थामा भेन्टिलेटरमा उपचार गराइरहेका कोइरालाको बुधबार साँझ पख बाट होस् खुलेको कुरा अस्पतालले जानकारी गराएपछि शुभचिन्तक तथा आफ़न्तजनहरुमा खुसि छाएकोछ।