काठमाडौं, १५ चैत । एसईई परुीक्षाको सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को समाजिक विषयको परीक्षा स्थगित भएको छ ।
बिहिबार पनि प्रदेश नम्बर २ मा प्रश्नपत्र बाहिरिएपछि विज्ञान संकायको परीक्षा रद्द भएको थियो । त्यसको परीक्षा २२ गते गर्ने निर्णय भएको छ ।