Indrenionline.com

१० लाख धरौटी तिर्न नसक्दा प्रहरी जवान जेल चलान

कञ्चनपुर, १३ चैत । प्रहरी जवान सुरज तिरुवा राजस्व अनुसन्धान विभागले तोकेको धरौटी तिर्न नुसक्दा जेल चलान भएका छन् ।
साढे तेइस किलो सुन तस्करी प्रकरणमा विभागले तोकेको १० लाख रुपैयाँ धरौटी तिर्न नसक्दा उनी जेल चलान भएका हुन् ।

सुन तस्करी प्रकरणमा जिल्ला आदालत कञ्चनपुरले प्रहरी तिरुवालाई १० लाख धरौटी र लक्ष्मण तिरुवालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । फागुन पहिलो साता कञ्चनपुरको पुनर्वास र शुक्लाफाँटाबाट साढे २३ किलो सुन बरामद भएको थियो ।