Indrenionline.com

एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा

काठमाडौं, १० चैत। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो। आदेशमा यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी माग गरिएको छ।