गोविन्द खड्का
गत जेठ १८ गते जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठक बस्यो । त्यसले जिल्लाका सरकारी कार्यालयको सरसफाइको अबस्था अनुगमन गरी मुल्यांकन गर्न नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदीप गौतमलाई संयोजक तोक्यो । समितिले जेष्ठ २३ देखि २९ सम्म चलेको १७ औ“ राष्ट्रिय सरसफाइ सप्ताह अबधि भित्र गरीसक्ने अधिकार पाएको थियो । त्यो अबधि सकिएको पत्तै भएन । त्यसमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्रतिनिधि, जिविस प्रतिनिधि, सम्वन्धित नपा र उद्योग वाणिज्य संघको प्रतिनिधि सदस्य रहने व्यवस्था गरीएको थियो । यतिठुला र जिम्मेवार निकाएलग गरेको निर्णय कागजमै टुंगियो ।
अघिल्लो त्यहि प्रकृतिको बर्ष जिल्ला जनश्वास्थ्य कार्यालले जिल्लामा सरसफाइको उपाधि पाएको थियो । वासफोरमका संयोजक नरेन्द्र केसिको नेतृत्वमा अनुगमनमा निश्किएको टोलिले पशु सेवा लगाएत केहि कार्यालय फोहर भेटिएका थियो । अनुगमन हुदाको दिनकैलागि भएपनि राप्ती उपक्षेत्रीय अस्पताल लगाएतमा सफा गरीएको थियो । जिल्ला विकास समितिको कार्यालयमा कागज चिप्काएर पनि महिला पुरुषका शौचालय छुटाएको थियो । नगरपालिकाको गन्हाउने शौचालयमा प्रशस्त पानी हालिएको थियो । यस पटक अनुगमनै भैन ।
फोहरको थुप्रोमा सरसफाइ अभियान तिब्र बनाउनुपर्छ । यति बेला जिल्लामा देखिएको फोहरको समस्या धेरै सरकारी कार्यालय, अस्पताल, विद्यालय लगाएतका संरचनामा छ । पटक पटक सार्वजनिक हुदा पनि नपत्याउने जिल्ला मालपोत कार्यालय, राप्ती उपक्षेत्रीय अस्पताल लगाएतका परेका छन् । टिका टिप्पनी र गुणासाहरु छरर्पष्ट पारीएको छ । हल के हो कसरी भन्ने उपाए नखुलेको हो कि ? गफैको सुन्दर संसार बनाउने पर्यत्न गरीयो बुझ्न कठिन भएको छ ।
प्रबेश द्धार नजिक बाट हेर्दा खुईलिएका एक दुईवटा बोर्डहरु छन् । जसले मेटिएर कुनै अर्थ दिदैनन् । तिनलाई उखेल्दै फाल्दै गर्नुपर्छ । या त तिनले दिने सन्देश के हो पुनरलेखन गरेर चिटिक्क पार्न सकिन्छ । त्यति नगरे सम्म उपक्षेत्रीय अस्पतालको मुहारमा कुरुपता देखिईरहने छ । के के नै होला भनेर हौसिदै उपक्षेत्रीय अस्पताल पुग्नेहरु पहिलो पाईलामै निराश बनाउछ । मानव बचाउने थलो, यस क्षेत्रकै अगुवा, मेडिकल कलेज वा प्रतिष्ठानको चर्चा बटुलेको हाई हाई छ । भित्र पसेर चारैतिर नजर लाउने हो भने सुधार्ने धेरैचिज देखिन्छ ।
मुल गेट बाट भित्र पसेर दाया“तिर बढ्यो भने फोहर शुरु हुन्छ । नया भवनको दक्षिण तिरको बस्ति उफ्र फोहर जल्छ । त्यसको आसनतिर घर टहराहरु छर्लक्क भरीएका छन् । जलिरहेको कुहिरो उनिहरुको घरभित्र सजिलै पुग्छ । सायद स्याल कुकुरले ललविला पारेका क्यूरेट गरेका बच्चाका अंगहरु आगन सम्म पुग्नुपर्छ । रगत लदवदिएका कपास र पञ्जा गोलोब्सहरु चाट्दै घर सम्म लैजान्छन् । खादा खादै धेरैपटक घिनै घिनमा गास निल्ने अबस्था आउछ होला । सजिलो त्यो बस्तिकालाई पनि छैन । जति सुरक्षित अन्य क्षेत्रका बासिन्दाका लाहि हुन्छ ।
अस्पतालको एक फन्को लाउदा खुला फोहर मात्रै देख्न सकिन्छ त्यसमा अस्पतालजन्य फोहर लगेर जलाईएको छ । फनक्क उत्तरतिर घुमेर शब गृह पुग्दा धेरै थुप्रा छन् । जहा असरल्ल छरिएका फोहर, जलेका र जल्दै गरेका अधकल्चो फोहर देख्न पाईन छ । अस्पतालको वार्डमा बसेको विरामीले झल्झली त्यो फोहर भ¥याङ चढ्दा र झर्दा देख्न सक्छ । माथिल्लो तला बाट त भित्रै बाट पनि देखिन्छ । जलाएको र सडेको गन्ध हावा संग कहा पस्दैन होला ? राति वा दिउसो जलाएपनि अस्पतालजन्य एवं प्लाष्टिक युक्त फोहर विरामी कुरुवाले सुघिरहन्छ । तल फोहर जलाईन्छ बन माहुरी काढ्दा तल रुखको वा पहरको फेदिमा आगो सल्काएर धुवा दिएको जस्तै हुन्छ । त्यसले थप रोगि बनाउने कुरा सायद अस्पतालका चिकित्सकहरुलाई पनि जानकारी हुनुपर्छ । एक पटक क्यारी बनाएर फुल लगाएको क्षेत्र अहिले घास उम्रिएको छ । शुरु गर्ने निरन्तरता नदिएर लगानी खेर गएको अस्पताल समितिका सदस्य विवेक श्रेष्ठले जानकारी दिनुभयो । घुम्दै र घासले पुरिएका क्यारी देखाउदै गर्नुभयो ।
यतिवेला फोहर व्यवस्थापनका लागि ज्ञापन पत्र बुझाउन जाने लहर चलेको छ । माउन्टभ्यु टोल विकास संस्था, वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति घोराही ६ र १० लगाएतले बैठकका निर्णय बाटै फोहर व्यवस्थापन गर भने । उनिहरुले ज्ञापन पत्र लगेर पनि बुझाएका छन् । तिनका खबर अनलाईन खबर तथा पत्र पत्रिकामा समाचार सार्वजनिक गरीए । अस्पतालका अध्यक्ष नारायण प्रसाद अधिकारी, निमित्त प्रमुख मेसु डा जनार्दन पन्थी, लगाएतले असार भित्रै खुला फोहर पुर्ने र सफा गर्ने वचन बद्धता जनाउनुभएको छ । बिहिवार मात्रै घोराही १० वडा नागरीक मंञ्चका संयोजक शक्तिराम डागिको नेतृत्वमा गौतमनगर टोलका नारायणभुसाल, घोराही ६ का सरसफाइ समितिका संयोजक मिनराज गौतम लगाएतले छलफल गर्नुभएको थियो । यसरीका प्रयासले अस्पताल परिवार सुनेर मिच्छीने अबस्था सिर्जना भएको छ ।
बा“च्न जाने ठाउ“ अस्पताल हो । त्यसलाई फोहरको डंगुर बनाउने हामिमा चेतना छ । यो दोष त्यहाको प्रशासन र कर्मचारीको मात्रै होईन । अस्पतालका शाखा अधिकृत मिनराज पाण्डेयले दिएको जानकारी अनुसार ३३ जना कार्यालय सहयोगी छन् । पाण्डेयले कर्मचारीको लिष्ट गाजीबाटै निकाल्छन् । त्यसमा तिन जना स्विपर छन् । उनिहरुलाई स्विपर, कार्यालय सहयोगी भनेर नियुक्ती दिएको मेसु पन्थिले जानकारी दिनुभयो । कसले के काम गर्ने हो ? भनेर किटान गरीएको छैन । नेपाल सरकारले दिएको स्विकृत दरवन्दि १५ जनाको हो । बाकि २१ जना अस्पताल प्रशासनले पटक पटक नियुक्त गरेको छ । यसरी सिर्जना गरीएका दरवन्दिमा व्यापक राजनीतिक न्युक्ति भएको छ । आफ्नो हातमा समिति आउदा आफ्ना मान्छे भरिएको छ । त्यसले गर्दा धेरै कर्मचारी हुदा पनि थोरै काम गरीन्छ । उनिहरुलाई चलाउन कठिन छ । करार नियुक्ती गरीएकालाई अबको म्याद थाप्दा काम तोक्ने प्रमुश पन्थिले प्रतिवद्धता जनाउनुभएको छ ।
सबै भन्दा महत्वपुर्ण कुरा अस्पताल क्षेत्रको सुकुम्वासी बस्ती व्यवस्थापन गर्नुपर्छ । त्यसो गरे नियमानुसार आफै व्यवस्थापन गर्नुपर्ने अस्पतालजन्य फोहर गाड्ने ठाउ“ मिल्ने छ । त्यसका लागि यस क्षेत्रका राजनीतिक दल, भुमिअधिकार मंञ्च लगाएत विभिन्न संघ संस्थाहरुले सकृय सकारात्मक पहल गर्नुपर्छ । आखिर सभागृह स्थलमा दाङ उद्योगवाणिज्य संघले सुकुम्वासी बस्ति व्यवस्थापन गरी छाड्यो । उपाध्यक्ष नाराण भुसालका अनुसार त्यहा“ दुईघरको लागि मात्रै व्यवस्थापन बाकि छ । त्यहि अबस्था अस्पताल विकास समितिले गर्न सक्नुपर्छ । बस्ति व्यवस्थापन गर्न नसक्ने, फोहर फाल्ने ठाउ नबचाउने अनि ठाउ छैन भनेर खुला फोहर फाल्न पाईदैन ।
पहिलो सहयोग घोराहीनगरपालिकाले गर्नुपर्छ । सेवा सुल्क लिएर भएपनि फोहर व्यवस्थापनमा साथ दिनुपर्छ । नियम कानुन अनुसार संगै व्यवहारलाई पनि भिडाउन र मिलाउन जरुरी छ । अस्पतालको फोहर व्यवस्थापन गर्न सकेनौ भने हामि पुर्ण सरसफाइको यात्रा तय गर्न सक्दैनौ । जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने लगाएतले बनाएको पा“च बर्षे कार्ययोजनाले फेल खान्छ । त्यसैले ठुलो अस्पताल नमुना बनाएर जिल्लाका अगुवा अघि बढ्ने दायित्व सम्झिनुपर्छ ।
विभिन्न अबसरमा फलफुल बा“ड्ने संस्कृति अस्पतालका अध्यक्ष नारायण अधिकारीले हटाउनु भएको छ । कण्ठ भएको उहाले गरेको अर्को निर्णय चिकित्सक संग हात नमिलाउने पनि हो । उत्तम निर्णय दुबै हुन् । फलफुल बा“ड्न रोक्नुभन्दा अर्को उपयोगी काममा कन्भर्ट गरेको भए उचित हुन्थ्योे । अहिलेको जरुरी त्यहा गएर फोहर उठाउने हो । सुझाव दिने हो । अब सबैले एक पटक अस्पताल सफा गर्ने बारे सोच्नुपर्छ । अभियान लिएर त्यहा पुगि अस्पतालाई सहयोग गर्नुपर्छ । केहि बर्ष सम्म यसलाई जारी राख्नुपर्छ । आर्टिष्ट विष्णु आर्टले सचेतनाका होर्डिङ बोर्ड सहायता गरेजस्तै आफ्नो क्षेत्र अरुले पनि खोज्नुपर्छ । हाम्रा अस्पताल सरसफाइका नमुना नहुदा सम्म गाउ समाज सफा गर्न सकिन्न । फलफुल बा“डेर दुईचार जना विरामीलाई रगत मासी बढाउला । दुर्गन्ध हटाए पुस्ताको स्वास्थ्य समस्या टर्छ । विरोध गर्न ज्ञापन पत्र पठाउने त अलिकति ठालु संस्कृति पनि छ । आफुलाई चर्चामा ल्याउने माध्यम पनि हो । कामै गर्ने हो भने बदल्ने उपाए खोज्नुपर्छ । त्यसैले अस्पतालमा फलफूल लगेर बा“ड्ने होईन टिमै लगेर सफा गर्न जरुरी देखिएको छ । फल बा“ड्न होईन सफा गर्न उपक्षेत्रीय अस्पताल जाने कि ?