काठमाडौँ, ८ चैत । वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँल ६० हजार घुस लिएको आरोपमा रकमसहित पक्राउ परेका छन् ।
नासु फुयाँलले सेवाग्राहीसँग ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएका थिए । रकम राख्न दिएपछि केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा दुवै जनालाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।