Indrenionline.com

विप्लव समूहमाथि सरकारको कडा निगरानी, विप्लवद्धारा जनमुक्ति सेनामा भर्ती खुल्ला

काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ। विप्लवका गतिविधि सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन्।

प्रहरी मुख्यालयले राजधानीका प्रहरी एकाइ, प्रदेश र जिल्ला सुरक्षा समितिलाई विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी गर्न निर्देशन दिएको हो। यस्तै नेपाल प्रहरीले सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर आपराधिक गतिविधिको सूचना संकलन र विश्लेषण गरिहेको छ।

मुख्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, मन्त्री र पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका पिएसओलाई चनाखो हुन निर्देशन दिएको छ।

यता विप्लव समूहले भने सरकारको दमनलाई प्रतिकार गर्नका लागि जनुक्ति सेनामा भर्ती खुल्ला गरेको छ । यूएन, भारत, एमाले, वावुराम प्रचण्डले २०५२ सालदेखि दश वर्षसम्म युद्धमा होमिएका जनमुक्ति सेनालाई जवरजस्ती विसर्जन गरेको भन्दै फेरी विप्लवले जनुक्ति सेना भर्तीको आह्वान गरेको जनाएको छ ।