काठमाडौँ, १ चैत। सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ ।
समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करीब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन् । उनले स्वास्थ्य सेवा समूह, इञ्जिनीयर, वन समूहका कर्मचारी मात्र समायोजन गर्न बाँकी रहेको जानकारी गराए ।
यसैगरी समायोजनमा सेवा समूह नमिलेका करीब एक हजार ३०० कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेसमेत उनले बताए । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । मन्त्रालयले ५६ सचिव र ६७६ सहसचिवमध्ये सङ्घमा ५७४ र प्रदेशमा १०२ समायोजन गरेको छ । रासस