काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् असन्तुष्ट समुहसँग वार्ता गर्न सरकारले बनाएको उच्चस्तरीय वार्ता समितिका पूर्व संयोजक सोमप्रसाद पाण्डेले सिके राउतले सरकारसँग भएको सहमतिलाई अपब्याख्या गरेर पुरानै गतिविधिलाई निरन्तरता दिइरहे सरकार चुप लागेर नवस्ने बताएका छन् ।
संयोजक पाण्डेले राउतसँगको सहमति अचानक नभई उनका दाजुसँगको पटक पटकको वार्ताबाट मात्रै देश विखण्डनको मुद्धा छोड्न उनी तयार भएको बताए ।